
शक्ति माविमा नेविसंघ इकाई गठन
नेपाल विद्यार्थी संघले शक्ति माविमा इकाई गठन गरेको छ । जेनिसा अम्गाईको अध्यक्षतामा ४५ सदस्यीय इकाई गठन भएको नेविसंघ गोरखाले जनाएको छ ।
इकाईको उपाध्यक्ष सबिन थापा, सचिव शोभा नेपाली, सह सचिव राहुल लामा, ललिता गुरुङ, कोषाध्यक्ष सिमोन बराम रहेको नेविसंघका सचिव मिलनसिंह बस्नेतले जानकारी दिए । नेविसंघका जिल्ला अध्यक्ष सुबास अधिकारीको उपस्थितीमा इकाई गठन भएको हो ।




