
बुङ्कोटका समाजसेवी दिलबहादुर केशीको श्रद्धाञ्जली सभा
गोरखा बुङ्कोटका समाजसेवी तथा पूर्व प्रधानपञ्च दिलबहादुर केशीको श्रद्धाञ्जली सभा मनाइएको छ । शहीद लखन गाउँपालिका वडा नं. ८ बुङ्कोटको चौतर्फी विकासका लागि आजीवन खटिएका केशीको निधन भएको ४५ औँ दिनको पुण्यतिथिमा बिहिबार खाव्दी भञ्ज्याङमा श्रद्धाञ्जली सभा मनाइएको हो ।
गंगाबहादुर केशीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा वडा अध्यक्ष काशिनाथ अम्गाई, हिक्मतजंग भण्डारी, बासुदेव ढकाल, गणेश लम्साल, शंकरराज अधिकारीलगायतले शोक मन्तव्य ब्यक्त गरेका थिए ।




