
अजिरकोटमा तरुण दल गठन
गोरखाको अजिरकोट गाउँपालिकामा नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गठन भएको छ । बुधबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यिय तरुण दल गाउँ पालिका स्तरीय समिति गठन भएको तरुण दल गोरखाका प्रवक्ता सन्तोष दुवाडीले बताए ।
समितिको उपाध्यक्षमा निरज गुरुङ, लोकबहादुर थापा मगर, सचिव सुकबहादुर गुरुङ, चित्रबहादुर नेपाली, सह सचिव रेनुका गुरुङ, पदम गुरुङ, कोषाध्यक्ष सुरुज तामाङ रहेका छन् ।
सदस्यहरुमा भरत बिक, सिता दुवाडी, रेशम गुरुङ, गंगा दवाडी, मिनु घले, बिष्णुमाया गुरुङ, पुष्पराज गुरुङ,डिलबहादुर गुरुङ, नरेन्द्र दवाडी, कृष्णबहादुर अधिकारी, बिरेन्द्र दुवाडी, दिलबहादुर थापा, राजेन्द्र बसेल, राजकुमार नेपाली, चिन्तामणी खनाल, सुनिता गुरुङ र रिता बसेल रहेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी लगायतको उपस्थितीमा तरुण दलको समिति गठन भएको प्रवक्ता दुवाडीले बताए ।
तरुण दल गोरखाले संगठन बिस्तारको क्रममा सबै पालिकामा समिति गठन र संगठन बिस्तारको कार्यक्रम तय गरेको जिल्ला अध्यक्ष काजी गुरुङले बताए ।




