| सोमवार, कार्तिक २३, २०८३

गोरखाका बिभिन्न वडामा कांग्रेसको प्रर्दशन

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा नेपाली काग्रेसले बिहिवार वडा स्तरको प्रर्दशन गरेको छ । कांग्रेसले गोरखाका ११ पालिकाका ९४ वटै वडामा बिरोध प्रर्दशन गर्न निर्देशन गरेको जिल्ला सचिव न्यौपानेले बताए । ‘केही वडा बाहेक धेरै ठाउँमा बिरोध सभा भएको छ’ उनले भने ।

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका बाहेकका वडामा बिरोध कार्यक्रम भएको कांग्रेसले जनाएको छ । जनतालाई वडावडामा पुगेर, गाउँगाउँमा पुगेर संसद बिघटन गर्ने सरकारको निर्णयको बिरुद्धमा जगरुक गराउन आन्दोलन गरिएको सचिव न्यौपानेले बताए ।

गोरखा नगरपालिकाको १४ वटै वडामा वडा सभापतिको अध्यक्षता र केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, भुगोल थापा, महिला संघकी अध्यक्ष मनकुमारी गुरुङ लगायतका नेताहरुले सभालाई संवोधन गरेको कांग्रेस नगर सभापति चन्दनबाबु खत्रीले बताए । सभामा संवोधन गर्ने नेताहरुले संसद बिघटनको निर्णय असंवैधानीक भएको बताए । अदालतमा मुद्धा परेको र अदालतले गर्ने फैसला काग्रेसलाई मान्य हुने नेताहरुले बताए ।

गोरखाको शहिदलखन गाउँपालिकाको वडा नम्बर ७, ८ मा आयोजित बिरोध सभालाई कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले संवोधन गरेका थिए । क्षेत्रिय सभापति, गाउँ सभापति, महासमिति सदस्यहरु, भातृ संस्थाका प्रमुखहरु, जिल्लाका पदाधिकारी लगायतका नेताले बिरोध सभालाई संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्