
गोरखा नगरपालिकामा महिला हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम
गोरखा नगरपालिकामा महिला हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सातदोबाटो टक्सार टोल विकास संस्थाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रमकी अध्यक्ष तथा गोरखा नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा थापा मगरले जानकारी दिइन् ।
नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख श्रेष्ठले महिला हिंसा गर्नेलाई हुने कानूनी कारबाहीका प्रक्रियाहरुको बारेमा जानकारी गराएकी थिइन् ।
त्यस्तै अधिवक्ता रमेश अधिकारीले केही बर्षअघिदेखि लागु भएको नयाँ कानूनको बारेमा जानकारी गराएका थिए । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीले मानव अधिकार तथा महिला अधिकारका बिषयमा जानकारी गराएका थिए ।





