
धार्चेमा उद्योग वाणिज्य संघको गाउँपालिका इकाइ गठन
धार्चे गाउँपालिका क्षेत्रभित्रका विभिन्न व्यवसायमा आबद्ध ६७ जनालाई समेटेर धार्चे गाउँपालिका मा उद्योग वाणिज्य संघको इकाइ गठन गरिएको छ । गाउपालिका का प्रमुख सन्तोष गुरुङ, उपाध्यक्ष फूलमाया गुरुङ तथा गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्केको उपस्थितिमा सम्पन्न व्यवसायीहरु को भेलाले माछाखोला का व्यवसायी धनकुमार गुरुङको अध्यक्षतामा १३ सदस्यीय गोरखा उद्योग वाणिज्य संघ, धार्चे इकाइ गठन गरेको हो । जसको उपाध्यक्षमा रुपा गुरुङ, सचिवमा विश्वकुमार गुरुङ, कोषाध्यक्षमा धनवहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चारमाया गुरुङ, भीमप्रसाद गुरुङ, भीमवहादुर गुरुङ, प्रकाश घले, पवित्रा गुरुङ, सुकवहादुर गुरुङ र धरमाया गुरुङ चयन भएका गोरखा उद्योग वाणिज्य संघका दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमकोे उद्घाटन सभामा गोरखा उवासंघ निजी क्षेत्र विकास कार्यक्रम-पूणर्िमाका व्यवसाय सहायता अधिकृत दिपेन्द्र श्रेष्ठले व्यवसाय दर्ता प्रकृयाको बारेमा प्रष्ट्याएका थिए । त्यस्तै पालिकाका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ, संघका उपाध्यक्ष भगवानबाबु मास्केले व्यवसाय संचालन गर्दा नेपाल सरकारको नियमानुसार स्थानीय तह, घरेलु तथा साना उद्योग विकास कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दर्ता गरी नियमबद्ध तरिकाले व्यवसाय संचालन गर्न सुझाव दिएका थिए ।




