
विपीको बिचार गाउँगाउँमा पुर्याउन गोरखा कांग्रेसको आग्रह
नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले विपी कोईरालाको बिचार गाउँगाउँमा पु¥याउन युवाहरु सक्रिया हुनुपर्ने बताएका छन् ।
विपी कोईराला युवा नेतृत्व बिकास मञ्चले बुधवार आयोजना गरेको भर्चुअल छलफलमा उनले भने, ‘विपीको बिचार सहित युवाहरु गाउँगाउँ पुग्नुपर्छ ।’
मञ्चका जिल्ला अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले स्थानीय तह सँगको सहकार्यमा युवा लक्षित कार्यक्रम संचालनमा जोड दिनुपर्ने बताएका थिए ।
लोकतान्त्रिक विधि मान्यतामा रहेर प्रशिक्षणमुलक क्रियाकलाप सञ्चालन गर्न पनि सहभागीले सुझाब दिएका अध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा विपी कोईराला युवा नेतृत्व बिकास मञ्चका केन्द्रिय अध्यक्ष निलकण्ठ रिजाल, नेपाली कांग्रेस जिल्ला सचिव नन्द्रप्रसाद न्यौपाने, महासमिति सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका प्रबक्ता प्रकाशचन्द्र दवाडी, मुस्लिम संघ केन्द्रिय अध्यक्ष अब्दुल सतार, महासमिति सदस्य एवं सांसद मनकुमारी गुरुङ, महासमिति सदस्य राजेन्द्र बजगाँई गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेल, नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ लगायतले धारणा राखेका थिए ।




