| मङ्लबार, जेष्ठ ११, २०८३

आज निजामती सेवा दिवस

आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो ।

कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन । सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनिएको बताए ।

निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ । नेपालमा करिब ८० हजार निजामती कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्