
लायन्स क्लव अफ गोरखा आरुघाटको नयाँ समितिको पदस्थापन
लायन्स क्लव अफ गोरखा आरुघाटको नयाँ कार्यकालका लागि नयाँ समिति चयन भएको छ ।
तीर्थबहादुर नेपालीको अध्यक्षतामा नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा टिकानारायण श्रेष्ठ, तृतीय उपाध्यक्षमा सरोज बुर्लाकोटी चयन भएका छन् ।
त्यस्तै सचिवमा गणेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा शत्रुघ्न श्रेष्ठ चयन भएका छन् । २६ सदस्यीय सो समितिका पदाधिकारी तथा सदस्यहरुको मंगलबार पदस्थापन भएको छ । साथै सपथग्रहण पनि भएको छ ।
मंगलबार नै सम्पन्न पहिलो बैठकले आरुघाट क्षेत्रमा पिसिआर परीक्षणको दायरा बढाउन माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै चोकचोक र गाउँपालिका प्रवेश गर्ने सीमानाकाहरुबाट प्रवेशमा कडाइ गर्ने, प्रवेश गरिसकेकाहरुलाई कोरोना महामारीबाट बच्ने तरीकाका बारेमा जनचेतनामुलक कार्यक्रममा सहभागी गराउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष नेपालीले जानकारी दिए ।




