
तीनखण्डेका पहिरो पिडितलाई सांसद दवाडीद्वारा आर्थिक सहयोग
बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेको पहिरो पिडितलाई गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आर्थिक सहायता प्रदान गरेका छन् ।
सांसद दवाडीले शनिबार घटनास्थलको अवलोकन गरी घरबारी गुमाएका तीनजनाको परिबारलाई रु १० हजारका दरले नगद हस्तान्तरण गरेका हुन् ।

सोही पहिरोका कारण घर जोखिममा परेका चार घर परिबारलाई पनि पाँच हजार रुपैयाँका दरले आर्थिक सहायता गरेका सो कार्यक्रममा सहभागी भएका नेविसंघका अजीरकोट गाउँपालिका सभापति प्रवीण गुरुङले जानकारी दिए ।
सो सहयोग कार्यक्रममा बोल्दै सांसद दवाडीले आर्थिक अबस्था कमजोर भएका उनीहरुलाई आवश्यक परेका बेला पुन सहयोग प्रदान गर्ने घोषणा गरेका थिए ।
साथै पुनर्वास र पुनस्थापनाका लागि आफ्नो ठाउँबाट यथासक्य पहल गर्ने प्रतिवद्धता जनाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ का अध्यक्ष कृष्ण गुरुङ पनि सहभागी थिए ।






