| आइतवार, कार्तिक २२, २०८३

सिसिएमसीद्वारा डिसिएमसीलाई कोरोनासम्बन्धी स्वास्थ्य सामग्री प्रदान

केन्द्रीय स्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(सिसिएमसी)ले स्वास्थ्य कार्यालय गोरखालाई कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामसम्बन्धी स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

बुधबार मन्त्रालयबाट आएको टोलीले जिल्लाभरका स्वास्थ्य संस्थाका लागि ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेको हो । राष्ट्रिय जनस्वास्थ्य परीक्षण केन्द्रबाट आएका खेमराज सापकोटासहितको टोलीले सो सामग्री जिल्लास्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(डिसिएमसी)लाई सो सामग्री हस्तान्तरण गरेको थियो ।

फेस मास्क ११५ थान, सर्जिकल मास्क २७ हजार थान, इक्जामिनेशन(लुज) ग्लोब्स १४ हजार पाँचसय थान, गमबुट ५३ जोर, इन्फ्रारेड थर्मोमिटर १० थान प्रदान गरिएको हो । त्यस्तै फेससिल्ड १५३ थान, सेफ्टी गगल्स सातसय ६५ थान, गगल्स पोलिकार्वोनेट(रियुजेबल्स) एकसय दुई थान, डिस्पोजेबल गाउन एकहजार चारसय ४० थान, पिपिई एकहजार तीनसय थान, डिस्पोजेबल क्याप एकहजार ४० थान, बायोहजर्ड ब्याग ७० थान प्रदान गरिएको सो टोलीमा सहभागी सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

सिसिएमसीमार्फत पिसिएमसी हुदै डिसिएमसीमा आउनु पर्नेमा जिल्लाका जनप्रतिनिधिहरुको पहलमा सिधै डिसिएमसीमा ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्