
सांसद दवाडीद्वारा एकलाख ६१ हजार सहयोग घोषणा
निर्वाचन क्षेत्र भ्रमणको क्रममा रहेका गण्डकी प्रदेश सांसद प्रकासचन्द्र दवाडीले साविक स्वाँरा गाविसका दुई विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
बारपाक सुलीकोट गाउँपालिका ३ को माझथर माविमा कक्षा ११ र १२ सञ्चालनका लागि एकलाख ११ हजार एकसय ११ रुपैयाँ र शिम्भू प्राबि स्वाँराको शैक्षिक स्तरोन्नतिका लागि ५० हजार रुपैयाँ सहयोग घोषणा गरेको नेविसंघ, नेबिसंघ अजीरकोट गाउँपालिका कमिटीका सभापति प्रवीण गुरुङले जानकारी दिए ।
सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सांसद दवाडीले दुई विद्यालयलाई सहयोगको घोषणा गरेका हुन् ।
शिम्भु प्राविमा आयोजित कार्यक्रममा दुर्गमका बालबच्चालाई शिक्षा दिइरहेको सो विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताएका थिए । त्यस्तै माझथर माविमा आफूले जस्तै तनमनधनले सहयोग गर्न उनले सबैमा आग्रह गरेका नेविसंघका गुरुङले जानकारी दिए ।




