| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी पीडितको आन्दोलन आजदेखि

दरौंदी :  मुआब्जा निर्धारणमा ढिलाई गरेको भन्दै बुढीगण्डकी आयोजनाबाट बिस्थापित आरुघाट क्षेत्रका स्थानीयले आज जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् ।

बुधवार गोरखा र धादिङ जिल्लाका जनप्रतिनिधि सहितको भेलाले बिहिवार राष्ट्रिय सभा प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिने निर्णय गरेको स्थानीय दिनेश ढकालले बताए ।

शुक्रवार जगत सिम्खडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने र आईतवार बुढीगण्डकी जलविद्यूत आयोजनाको कार्यालय सिउरेनीटारमा सांसद हरिराज अधिकारी सहित जनप्रतिनिधिको उपस्थितिमा कार्यक्रम गर्ने निर्णय भएको छ । मंसिर १० गतेसम्म मुआब्जा निर्धारण नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने छलफलमा निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्