
लाँकुरीबोटमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न
बारपाक सुलीकोट ५ लाँकुरीबोट स्वास्थ्यचौकीमा स्त्री तथा प्रसुती रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एसएस सामाजिक केन्द्रको सहकार्यमा गाउँपालिका कार्यालयले शिविर सञ्चालन गरेको हो ।
पोखराबाट आएका स्त्री तथा प्रसुती रोग विशेषज्ञ विष्णु पालिखे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेका गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए । शिविरमा रोगबाट पीडित स्थानीय महिलाहरुलाई फिस्टुला, रिङ राख्नुपर्ने खालका विरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।
साथै पाठेघर क्यान्सरको स्क्रिनिङ, पाठेघर खस्ने समस्याको स्क्रिनिङ र भीआइए परीक्षण गरिएको गाउँपालिकाका प्रमुख भट्टले जानकारी दिए ।




