| सोमवार, कार्तिक २३, २०८३

नगर शिक्षा समिति बिघटन गर्न दुई शिक्षक संगठनको माग

 

एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले नगर शिक्षा समिति विघटन गर्न माग गरेको छ । दुबै संगठनले अहिलेको समिति समावेशी नभएको भन्दैे विघटन गर्नुपर्ने बताएका हुन् ।

आठ बुँदे माग समेटिएको संयुक्त ज्ञापन पत्र उनीहरुले गोरखा नगरकार्यपालिका कार्यालयमा बुझाएका छन् । ज्ञापन पत्रमा नगर शिक्षा समितिमा नीजि क्षेत्रको एकाधिकारलाई अन्त्य गर्दै सामुदायिक विद्यालयलाई अपनत्व हुनेगरी शिक्षकका बैधानिक पेशागत संगठनका प्रतिनिधिलाई सहभागी गराउन माग गरिएको छ । यस्तै, नगर क्षेत्रका विद्यालय ब्यबस्थापन समितिलाई पूर्ण र अधिकारसम्पन्न बनाउन, चाकडी र चाप्सुलीका आधारमा नभई शैक्षिक विकासमा पर्याप्त बजेट बिनियोजन गर्न, स्रोतब्यक्तिलाई विद्यालयमा फर्काउन, प्रधानाध्यापक नियुक्तिलाई कार्यकर्ता भर्ति केन्द्रका रुपमा नलिन पनि विज्ञप्तिमार्फत आग्रह गरीएको छ ।

साथै, कानुन विपरीत भएका शिक्षकको सरुवा फिर्ता गर्न, आस्थाका आधारमा शिक्षक नियुक्ती बन्द गरी जेठ महिनामा लिएको करार शिक्षकको परिक्षा रद्ध गरी पुन छनौट गर्न पनि दुबै संगठनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्