
खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
खान्चोक स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको छ । भिमसेन थापा गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ल्याबका लागि आवश्यक उपकरण प्राप्त भएपछि गाउँपालिकाले आन्तरिक स्रोतबाट कर्मचारी ब्यबस्थापन गरेर सेवा सुरु गरेको हो । हरेक दिन बिहान १० बजेदेखि साझँ ५ बजेसम्म ल्याव सेवा दिईने स्वास्थ्य चौकी प्रमुख विश्व श्रेष्ठले जानकारी दिए । ‘अहिले दिसा, पिसाब, रगत र खकार जाचँ चौकीमै हुन्छ’ उनले भने ‘बिरामीको प्रारम्भीक जाँच पछि आबश्यकताका आधारमा ल्याबमा पठाउछौं । न्युनतम शुल्कमा हामीले सेवा दिएका छौं ।’

ल्याबमा खकार र गर्भवतीलाई एच आई भि जाँच निशुल्क हुने उनले जानकारी दिए । औसत दैनिक २० जनालाई सेवा दिदैं आएको स्वास्थ्य चौकीले हाल ल्याबमा दैनिक ४÷५ जनालाई सेवा दिईरहेको स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले बताए । स्वास्थ्य चौकीमै ल्याब सेवा सुरु भएपछि रगत, दिसा, पिसाब र खकारको जाँचको लागि बिरामीलाई आरुघाट वा गोरखा बजार पुग्नुपर्ने बाध्यता हटेको उनले जानकारी दिए ।‘ निशुल्क खकार जाँच गर्नलाई ५ सय देखि हजार रुपैयाँ सम्म खर्च गरेर बजार जानुपथ्र्यो’ उनले भने ‘सुगर टेस्ट, युरिन टेस्ट लगायत विभिन्न टेस्टको शुल्क भन्दा बढि आवातजावातमा खर्च हुन्थ्यो । अब यहाँका बासीन्दाको पैसा बचेको छ ।’
प्रयोगशालाको अभावमा लक्ष्यणका आधारमा उपचार गर्नुपर्ने बाध्यता पनि हटेको उनले बताए । ‘बिरामीको लक्ष्यणका आधारमा औषधि दिनुपथ्र्यो’ उनले भने ‘अब ल्याबबाट रोग किटान गरेर मात्र उपचार गर्न थाल्यौ। सजिलो भयो । स्वास्थ्य चौकीको विश्वसनियता र प्रभावकारीता पनि बढेको छ ।’ स्वास्थ्यचौकीमा हाल धाँवा, तान्द्राङ, मसेल, वगुवा, पाचँखुवा देउराली र आरुपोखरीका बासीन्दाले सेवा लिँदै आएका छन् । स्वास्थ्यचौकीको सेवा क्रमिक रुपमा विस्तार गर्दै जाने प्रमुख श्रेष्ठले बताए । ‘गाउँपालिकाले कार्ययोजना माग गरेको छ’ उनले भने ‘ विशेषज्ञ डाक्टर साता वा महिनामा ल्याउने विषयमा पनि छलफल गर्दैछौ ।’




