
पालुङ्टारमा सेनिटरी प्याड निर्माण तालिम सम्पन्न
पालुङटार नगरपालिका ७ मा महिनावारी ब्यबस्थापनका लागि घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रले पालुङटार नगरपालिकासँगको साझेदारीमा पुर्णिमा कार्यक्रम अन्तरगत तालिम दिएको हो । तालिममा स्वाँरा सघन गाउँ विकास केन्द्रका स्वच्छता प्रबद्र्धक अधिकृत उज्वल वाग्ले र शशीकीरण सापकोटाले सहजिकरण गरेका थिए । तालिममा सहभागीमध्ये उत्कृष्ट ६ जनालाई प्याड बनाउने सामाग्री पनि उपलब्ध गराईएको छ । तालिममा महिनावारीको समयमा स्वास्थ्य तथा सरसफाईमा ध्यान दिनुपर्ने विषयमा पनि जानकारी दिईएको थियो । चापपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ६४ जना महिलाको सहभागिता थियो ।




