| आइतवार, कार्तिक २२, २०८३

कृषिको अनुदान वितरण प्रक्रिया रोक्न गण्डकी प्रदेशको अर्थ समितिको निर्देशन

दरौंदी : गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कृषिको अनुदान वितरण प्रक्रिया रोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकले कृषिमा अनुचित तरिकाले अनुदान वितरण गरेको पाइएको भन्दै तत्काल अनुदान वितरण प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले कृषि अनुदान काम चलाउ तरिकाले पैसा खर्च गर्ने हिसाबले मात्रै वितरण भएको पाइएकाले तत्काल अनुदान वितरण प्रक्रिया रोक्न निर्देशन दिएको बताए । सभापति कोइरालाले किसानलाई पैसा नभई कृषि कर्म गर्ने उपयुक्त वातावरण निर्माण गरेर प्रविधि र आवश्यक सरसामान उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कृषिमा अनुदान दिदा काम, क्षमता, उत्पादन र आवश्यकताका आधारमा उचित मापदण्ड बनाई परिणाममुखी प्रतिफल आउनेगरी मात्रै अनुदान वितरण गर्नुपर्ने उनको भनाई छ । जवाफमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले अनुदान बास्तविक किसानले नै पाएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्