| सोमवार, कार्तिक २३, २०८३

काशिगाउँका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँको तीनवटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

साथी नेपाल कास्कीको आर्थिक सहयोगमा मन्जुश्री माध्यामिक विद्यालय, सुर्र्योदय प्राथमिक विद्यालय र चन्द्रोदय प्राथमिक विद्यालयका छ सय ६७ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालय पोशाक, स्टेशनरी, झोला लगायतका शैक्षिक सामाग्री वितरण गरिएको वडा नं ६ का अध्यक्ष धनकुमार घलेले जानकारी दिए । संस्थाकी कार्यक्रम संयोजक लक्ष्मी कुँवर लगायतको उपस्थितिमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्