
बारपाक सुलिकोट गाउँपालिकाले युवालाई विनाब्याज दुई लाख रुपैया सापटी दिने
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषिजन्य ब्यबसाय सञ्चालनका लागि बेरोजगार युवालाई बिनाब्याज दुईलाख रुपैयाँ सापटी दिने भएको छ ।
‘गाउँपालिका अध्यक्ष गरिवी निवा रण कार्यक्रम’ मार्फत बेरोजगारलाई स्थानीय स्तरमा रोजगारी दिने लक्ष्यका साथ गाउँपालिकाले प्रक्रिया सुरु गरेको हो । कार्यक्रम अन्तरगत कृषिमा आधारित ब्यबसायका लागि बिनाब्याज प्रतिब्यक्ति दुईलाख रुपैँया दुई बर्षका लागि सापटी दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले जानकारी दिए । ‘कार्यक्रम कार्यान्वयनका लागि गत फागुन २७ गतेको गाउँकार्यपालिका बैठकले कार्यविधि पारित ग¥यो’, उनले भने, ‘हामी अहिले कार्यक्रम कार्यान्वयनको चरणमा छौं । कृषिको क्षेत्रमा काम गर्न चाहनेहरुसँग प्रस्तावना माग गरेका छौं ।’

स्थानीय स्तरमा रोजगारी सिर्जना गरी बेरोजगारी अन्त्य गर्ने, कामका लागि अन्यत्र जाने चलन हटाउने तथा कृषिमा आधारित गाउँपालिका बनाउने उद्देश्यले कार्यक्रम ल्याईएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । कार्यक्रम अन्तरगत गाउँपालिका ले चालु आर्थिक बर्ष एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष गरिवी निवारण कार्यक्रमको कोषमा रहेको रकम उद्यमशिलता विकास, सिप विकास, प्रविधि हस्तान्तरणमा २० प्रतिशत खर्च गरिनेछ । यस्तै, ब्यबसाय बिमामा १० प्रतिशत र ७० प्रतिशत रकम ब्यबसाय सञ्चालनका लागि सापटी दिईनेछ । कृषिजन्य उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणका लागि मात्र कार्यक्रम मार्फत सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । ‘हामीले कृषिमा आधारित गाउँपालिका बनाउने लक्ष्य लिएका छौं’ उनले भने ‘ त्यसैले यो कार्यक्रम मार्फत तरकारी खेती, माछा, कुखुरा, मौरी पालन, अलैची, अदुवा खेती लगायत कृषिसँग सम्बन्धित ब्यबसाय मात्र गर्न पाईन्छ ।’

कार्यक्रम अन्तरगत प्रतिब्यक्ति दुई लाख रुपैयाँ बिना ब्याज दुई बर्षका लागि सापटी दिइनेछ । कार्यविधि अनुसार सरकारी तथा गैह्रसर कारी संघसँस्थामा कार्यरत, अन्य पेशामा संलग्न, पेन्सनवालालाई यो कार्यक्रमले समेटदैन । १८ देखि ५० बर्षसम्मका ब्यक्ति यो कार्यक्रममा सहभागी हुन सक्नेछन् । गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रममा समेटिने बासिन्दाको छनौटका लागि गाउँपालिका योजना शाखाको अधिकृतको संयोजकत्वमा ५ जनाको छनौट तथा सिफारिस समिति गठन गरिएको प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताए । ‘हामीले अहिले प्रस्ताबना मागेका छौं’, उनले भने, ‘छनौट तथा सिफारिसले कार्यविधि अुनसार मापदण्ड पुगेका बेराजगारलाई कार्यक्रमका लागि सिफारिस गर्छ । त्यो सिफारिस पत्र कार्यपालिका बैठकमा लैजान्छौँ । बैठकले स्विकृत गरेपछि कार्यक्रममा समेटिनेहरु छनौट गर्छौ ।’

जेठ महिनाभर गाउँ पालिका अध्यक्ष गरिबी निवारण कार्यक्रममा समेटिनेहरु छनौट हुने उनको भनाई छ ।
यो बर्ष ३५ जना छनौट हुनेछन् । उनीहरुलाई आबश्यक तालिम दिएपछि दुई लाख रुपैयाँ सापटी दिएर ब्यबसाय गर्न लगाउने उनले जानकारी दिए । कार्यक्रमले गाउँले को आर्थिक स्तर उठने अपेक्षा गरिएको छ ।




