
गोनपा ४ फिनाममा सिलाइकटाइ तालिम सुरु
दरौंदी : गोरखा नगरपालिका वडा नं ४ को आयोजनामा तिन महिने सिलाई कटाई तालिम सुरु भएको छ । फिनामस्थित वडा कार्यालयमा आयोजित तालिमको गोरखा नगरपालिकाकी उप प्रमुख विनाकुमारी श्रेष्ठले उद्घाटन गरिन् । उनले सिप सिकेर ब्यबसायिक रुपमा काम गर्न सहभागीलाई सुझाव दिएकी छिन् ।

आधारभुत तालिम पश्चात डिजाईनर तालिम पनि दिएर रोजगारी सीर्जना गर्ने लक्ष्य रहेको वडाअध्यक्ष रामशरण अधिकारीले बताए । वडाका १७ महिलाको सहभागिता रहेको तालिममा सानुमायाँ बानियाले सहजिकरण गर्नेछिन् । तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य भगवती खड्का लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




