| आइतवार, कार्तिक २२, २०८३

गोरखा वेलफेयर फाउण्डेशन कोरियाद्वारा अपांगता भएकालाई छात्रवृत्ति प्रदान

दरौंदी : गोरखा परिवार वेलफेयर फाउण्डेसनले जिल्लाको विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गण्डकी, भिमसेन थापा, सिरान चोक र लखन थापा गाउँ पालिकाको विभिन्न विद्यालय का आठ जनालाई जनही सात हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको संस्थाका शरण श्रेष्ठले बताए । संस्थाको तेस्रो अधिबसेनका अबसरमा गोरखा सदरमुकाममा शनिवार आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति पाउनेमा महेन्द्रलिला मावि हर्मीमा कक्षा ६ मा अध्ययनरत अन्जना ढकाल, ज्ञानमार्ग मावि घ्याल्चोकमा कक्षा ११ मा अध्ययनरत चेतनारायण श्रेष्ठ, मण्डली मावि छोप्राकमा कक्षा ६ मा अध्ययनरत मनिषा रोका र जलदेवी आधारभुत विद्यालय नाम्जुङमा ३ कक्षामा अध्ययनरत सविना भण्डारी छन् । यस्तै, रामेश्वरी मावि बुंकोटमा कक्षा ७ मा अध्ययनरत नमराज रम्तेल, भैरवाश्रम मावि फुजेलमा कक्षा ९ मा अध्ययनरत सन्तोष श्रेष्ठ, संस्कृत मावि तान्द्राङमा कक्षा ३ मा अध्ययनरत रेखा सुर्खेती र कक्षा ८ मा अध्ययनरत रमेश सुर्खेतीलाई छात्रवृत्ति दिईएको संस्थाले जनाएको छ ।
अधिबेसनले चेतबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण भन्तना, सचिवमा खुनप्रसाद रेग्मी, सहसचिवमा मुकेश वाग्ले र कोषाध्यक्षमा सर्मिला ढकाल चयन भएका छन् । समितिको सदस्यमा कमल नारायण श्रेष्ठ र भरत लामिछाने चयन भएका छन् । अधिबसेनले रामबाबु श्रेष्ठको संयोजकत्वमा लक्ष्मणबाबु आचार्य, यादव प्रसाद शर्मा, शरण श्रेष्ठ, र श्यामप्रसाद लामिछाने सदस्य रहनेगरि सल्लाहकार समिति पनि गठन गरेको निवर्तमा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्