| आइतवार, कार्तिक २२, २०८३

गाँखुको कृष्णज्योति माविमा महापुराण सुरु, सांसद दवडीद्वारा एकलाख ११ हजार दान

गोरखाको सिरानचोक गाउँपालिका ६ को कृष्णज्योती माविमा भौतिक विकासका लागि श्रीमद्धभागवत महापुराण सुरु भएको छ ।
महापुराणको गण्डकी प्रदेशका सांसद प्रकाश दुवाडीले उद्घाटन गरे । उनले विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् ।
कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति र विद्यालयको आयोजनामा महापुराण आयोजना गरिएको हो । महापुराणमा उषा घिमिरेले भागवत वाचन गर्नेछिन् । महापुराण शुरु हुनुअघि विद्यालय बाट दरौदी शिवालयसम्म बाजा गाजा सहित कलश यात्रा भएको थियो ।
कार्यक्रम संयोजक भिम बगालेको अध्यक्षतामा भएको महापुराण उद्घाटन कार्यक्रममा वडाअध्यक्ष नारायण दानी, नेकपाका नवराज पुडासैनी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । महापुराणबाट २५ लाख रुपैयाँ सकंलन गर्ने लक्ष्य रहेको प्रधानाध्यापक रुद्र भट्टले बताए । विद्यालयको भवन निर्माण का लागि जग्गा अभाव भएकाले जग्गा खरिदका लागि महापुराण आयोजना गरिएको वडाअध्यक्ष दानीले बताए ।
भारतीय दुतावासले भवन निर्माण गर्ने भनेपनि जग्गा अभावका कारण समस्या भएपछि महापुराणबाट संकलित रकमले जग्गा खरिद गर्ने लक्ष्यका साथ कार्यक्रम गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्