| सोमवार, भदौ २८, २०८३

अटो दुर्घटनामा परी पालुङ्टारमा चारजना घाइते

उकालो र भित्री सडकमा कुदिरहेको अटो दुर्घटना हुँदा गोरखाको पालुङ्टारमा चार जना घाइते भएका छन् । आइतबार बिहान साढे नौ बजेतिर पालुङटार नगरपालिका ४ छापथोकस्थित भित्रि सडकमा बडडाँडाबाट ठाँटीपोखरीतर्फ झर्दै गरेको ग प्र ०३–००१ ह ०२१० नंबरको अटो सडकबाट तल खस्न जाँदा अटोमा सवार चारजना घाइते भएका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

सो दुर्घटनामा पालुङटार न पा ४ बस्ने ४८ वर्षकी प्रमिला जिसी, सोही ठाउँका ४५ बर्षीया गीता श्रेष्ठ घाइते भएका हुन् । त्यस्तै सो दुर्घटनामा सोही ठाउँकी २० बर्षीया प्रगती श्रेष्ठ र ३१ बर्षकी मेनुका गिरी घाइते भएका डिएसपी श्रेष्ठले जानकारी दिए ।

घाइते सबैलाई स्थानीय ठाँटीपोखरी मेडिकलमा सामान्य उपचार गरी थप उपचारको लागी आँपपिपल अस्पतालमा पठाएको प्रहरीको भनाइ छ । अटो चालक सोही ठाउँ निवासी ३३ बर्षका सुरेश श्रेष्ठ प्रहरीको नियन्त्रणमा र अटो घटनास्थलमा रहेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

धेरै उकालो, ओह्रालो तथा ग्रेडिङ नमिलेको सडकमा क्षमताभन्दा धेरै यात्रु बोकेर अटो तथा म्याजिकजस्ता सवारी साधन आवतजावत गर्दा दुर्घटना बढ्न सक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्