
महिला उद्यमीहरुका लागि पाँचदिने डल तथा कुसन बनाउने तालिम सम्पन्न
गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति, गोरखाले पाँचदिने डल तथा कुसन बनाउने तालिम सम्पन्न गरेको छ । समितिको आयोजना एवं गोरखा नगरपालिकाको सहयोगमा संचालित उक्त तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिममा गोरखा नगरपालिकाभित्रका ४५ जना महिला दिदीबहिनीहरुले सहभागिता जनाएको उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति, गोरखाकी अध्यक्ष रिता श्रेष्ठ बताइन् ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने तथा उनीहरुलाई रोज गारीसँग जोड्ने उद्देश्यका साथ तालिम संचालन गरेको उनले जानकारी दिइन् । श्रेष्ठका अनुसार तालिममा कुसनसँगै पान्डा, डग तथा र्याविटको डल बनाउने प्रशिक्षण दिइएको थियो । समितिकी सदस्यहरु तारा शाक्य र बबिता मास्केले तालिममा प्रशिक्षण गराएको उनको भनाई छ ।
श्रेष्ठको अध्यक्षता एवं गोरखा नगरालिककी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्के, संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




