
रैथाने तथा स्थानीय बालीको परिकार विविधिकरण सम्बन्धी तालिम सम्पन्न
रैथाने तथा स्थानीय बालीको परिकार विविधिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । गोरखा होटल संघको समन्वयमा कृषि विकास कार्यालय गोरखाले आयोजना गरेको तालिम बुधबार सम्पन्न भएको हो ।
तालिममा २७ जना सहभागी थिए ।
तालिममा मकै, कोदो तथा चामलबाट सेल, बारा लगायतका परिकार तथा मासुका परिकारहरु पनि बनाउन सिकाइएको थियो ।
रेस्टुरेण्ट सञ्चालक, होमस्टे सञ्चालक तथा अन्य महिला समूहका प्रतिनिधिहरु सहभागी तालिममा मीनादेवी श्रेष्ठले सहजिकरण गरेकी थिइन् ।
गोरखा जिल्ला होटल संघका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद तिवारी, कृषि प्रशार अधिकारी विवेक पौडेललगायतले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




