| सोमवार, जेष्ठ १०, २०८३

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटायाे

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटाएको छ । विधान संशोधन गर्दाै तीन बर्षे कार्यकाललाई घटाएर दुई बर्ष बनाएको हो । संघको शनिवार सम्पन्न ५० औँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दाै विधान संशोधन गरेको हो । विधान संशोधनसँगै अव २०८४ सालमा संघको अधिवेशन हुनेछ । सभाले हाल संघमा रहेको एम्वुलेन्स र शव वहान हटाएर क श्रेणीको एम्वुलेन्स संचालन गर्ने निर्णय समेत गरेको छ ।

‘अहिलेको एम्वुलेन्स र शव वहान पुरानो भइसके,’ संघका महासचिव चन्दनबाबु खत्रीले भने, ‘अव यसलाई हटाएर क श्रेणीको नयाँ एम्वुलेन्स संचालन गर्छाै ।’ कार्यक्रमकै अवसरमा संघका भुपू कर्मचारी दिपेन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ ।

दसल्ला ओडाएर कदर पत्रले उनलाई सम्मान गरिएको हो । संघका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष नरेश कडेँल, गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, पर्वत उवासंघका अध्यक्ष ठाकुरबहादुर पौडेल, गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष रामस्वरुप श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पुर्व अध्यक्ष श्रवण जोशी, इश्वरकाजी मास्के लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्