
छैठौँ पटक सगरमाथा शिखरमा पूर्णिमा
कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथा शिरमा पुगेकी छिन् । सतोरी एड्भेञ्चरको टिमसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् ।
उनी छैठौँ पटक सगरमाथा आरोहण गर्न सफल भएको भन्दै सो कम्पनीले बधाइ ज्ञापन गरेको छ ।
यसअघि उनले दुई हप्तामा तीनपटक सगरमाथा शिखर चुमेको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनको नाम सूचीकृत गरेको थियो ।
श्रेष्ठले सन् २)२४ मे महिनामा एकै सिजनमा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् । पुरुषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गरेकी हुन् ।
उनले २)२४ मे १२, मे १( र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।
फोटो पत्रकारसमेत रहेकी उनी गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् ।




