
पूर्वराजपरिवारद्वारा मनकामना र बक्रेश्वरीमा पूजाआजा
पूर्वराजपरिवारद्वारा गोरखाको मनकामना र बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाह, छोरी लगायतका राजपरिवारले शनिबार मनकामना र आइतबार बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरेका हुन् ।
उनीहरु शनिबार बिहान आठबजे मनकामना आइपुगेर आधाघण्टासम्म पूजाआजा गरेका मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्न्यातले जानकारी दिए । सो दिन उनीहरु मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा बसेका थिए ।
आइतबार बिहान बक्रेश्वरीको दर्शन गरेका रिसोर्टका सञ्चालक विजय मल्लले जानकारी दिए । उनीहरु आइतबार पोखरा गएका मल्लले जानकारी दिए ।





