
गोरखा भूकम्पको शक्तिले संविधान जन्मायो : प्रचण्ड
प्रतिक्षा आले । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ को विनाशकारी भूकम्पको शक्तिले संघीय लोकतान्त्रिक संविधान घोषणा गर्न सफल भएको बताएका छन् । शुक्रबार बारपाकमा आयोजित दशौं भूकम्प स्मृति दिवस समारोहमा बोल्दै उनले राष्ट्रिय संकटले चारतिर फर्किएका चारदललाई एकै ठाउँमा जुटाएर संविधान जारी गरेको बताए ।
‘दोस्रो संविधान सभा गठन भएको दुई बर्ष बितिसक्दा पनि संविधान सभाबाट संविधान बनाउने निश्कर्षमा पुग्न सकेका थिएनौँ’, दशौं भूकम्प स्मृति दिवस समारोहमा बोल्दै उनले भने, ‘त्यही बहश भइरहेका बेला बारपाक केन्द्रविन्दू भएको विनाशकारी भूकम्प गयो । देशको सम्पूर्ण चिन्तन, चिन्ता, मनोभावना, मनोविज्ञान अर्को ठाउँमा पुग्यो । राजनीतिक दलका नेताले पनि नयाँ परिस्थितिको बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भयो ।’ आफूलाई प्रतिपक्षी दलका नेताको हैसियतले सरकारका विरुद्ध आलोचना मात्र गर्ने सुविधा हुँदाहुँदै त्यसो नगरेर जिम्मेवार नेताका हैसियतले राष्ट्रिय संकटका घडीमा एकजुट भएर अघि बढ्ने वातावरण बनाएको उनले स्मरण गरे ।
‘त्यतिबेला म प्रतिपक्षी दलको नेता थिए । सरकारले गरेको राहत, उद्धार, पुनर्निर्माण, पुनस्र्थापनाका बारेमा आलोचना मात्र गरे पनि हुने सुविधा मसंग राजनीतिक रुपले थियो तर, मैले त्यसो गरिन’, उनले भने, ‘अब हामी प्रतिपक्षी दलको नेताको भूमिकाले मात्र हामीलाई हुँदैन । राष्ट्रिय संकटको घडीमा सरकारसंग हात मिलाउनु पर्छ र यो विनाशकारी भूकम्पबाट क्षतविक्षेत भएका गाउँ र गाउँलेहरुको पीडामा मल्हम पट्टी लगाउनु पर्छ भन्ने निश्कर्ष निकाल्यौं ।’
संकटका बेला पक्ष र प्रतिपक्ष नहुने भन्दै आफूले नै संसदमा बोल्दै राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने प्रस्ताब राखेको उनले स्मरण गरे । ‘म नै सायद त्यस्तो प्रतिपक्षी दलको पहिलो नेता हुँला जसले संसदमा उभिएर यो बेला सत्तापक्ष र प्रतिपक्ष भनेर अल्मलिँदा जनताप्रति यो भन्दा ठूलो अपमान र यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुनेछैन । जनताको घाउमा मल्हम पट्टी लगाउने काममा हामी संगसंगै हिँड्नुपर्छ भनेर प्रस्ताब गरेँ ।’ प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री संगसंगै भूकम्पबाट भएको क्षति, राहत र उद्धारको काम अवलोकन गर्न धेरै ठाउँमा हिडेको उनले स्मरण गरे ।
साथै भूकम्पबाट भएको क्षतिले उव्जाएको शोकले राजनीतिक दललाई नयाँ अवस्थातिर डोहो¥याएको उनले बताए । ‘अब हामी धेरै झगडा गरेर बस्नु हुँदैन । भूकम्पले सिर्जना गरेको शोकलाई शक्तिमा बदलेर संविधान घोषणा गरेरै छाड्नुपर्छ भन्ने दिशातिर हामीलाई डोहो¥यो । सहमति र सहकार्यको आधारमा नेपाली जनताको आवश्यकता र चाहना अनुसारको संविधान बनाएरै छाड्नु पर्छतिर हामी केन्द्रीत भयौँ’, उनले भने, ‘त्यसपछि चार दल बीच १६ बुँदे सहमति गर्ने प्रस्ताब पनि म थिएँ । भूकम्प एक नकारात्मक शक्ति हो, तर त्यही शक्तिले देशलाई संघीय गणतान्त्रिक नेपालको संविधान जन्माउन सफल भयो ।’ दशौं भूकम्प स्मृति दिवसको अवसरमा बारपाकमा आएर यति खुलासा गरिरहन पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।
अहिले प्रतिगमनकारी शक्तिहरुबाट संघीय लोकतान्त्रिक गणतान्त्रिकप्रति वितृष्णा जगाउने दुस्प्रयास भइरहेकाले यसप्रति सजग रहन उनले आग्रह गरे । ‘तानाशाही शासनबाट लुट मच्चाउन पल्केकाहरुले गणतन्त्रले केही पनि गरेन भनेर संघीयतामाथि, समावेशितामाथि दुस्प्रचार गरिरहेका छन्’, उनले भने, ‘यस विषयमा गम्भीर ढंगले समीक्षा गरी इतिहासलाई पछाडि फर्काउन चाहने तानाशाही प्रवृत्तिमाथि, परास्त गर्नुपर्ने आवश्यकता छ । यो मञ्चबाट म यो अपिल गर्न चाहन्छु ।’ स