| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुलि पोल चढेका बेला करेन्ट लागेर २७ बर्षिया हरि बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् ।

आइतबार बिहान करिब साढे सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट आएछ´, प्रहरी निरीक्षक ध्रुव शर्माले भने,करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्याएपछी चिकित्सकले मृत घोषणा गरेका हुन् ।´

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्