| सोमवार, कार्तिक २३, २०८३

श्रेष्ठ परिवारद्वारा जागेश्वर माविमा रु. एक लाख तीन हजारको अक्षयकोष स्थापना

गोरखाको भीमसेन थापा गाउँपालिका ८ को जागेश्वर माविमा एकलाख तीन हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

विद्यालयका संस्थापक सदस्य एवं समाजसेवी लोकप्रसाद श्रेष्ठले आमा बाबुको सम्झनामा ‘रामप्रसाद कृष्णकुमारी स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।
कक्षा १ देखि १२ सम्म प्रथम हुने विद्यार्थीहरुलाई हरेक वर्ष अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिने विद्यालयका शिक्षक अर्जुन भट्टले बताए ।

अक्षयकोषदाता श्रेष्ठले विद्यालयको खातामा उक्त रकम जम्मा गरिदिएका हुन् । सो रकमबाट आगामि वर्ष छात्रवृत्ति दिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्