| आइतवार, कार्तिक २२, २०८३

जिल्ला लिग फुटबल अन्तर्गत शुक्रवारको खेलमा हरमटारी र द ओसन बिजयी

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएको छ । पहिलो खेलमा हरमटारी क्लवले तालदेवी क्लव पालुङटारलाई ८–० गोलले पराजित ग¥यो । दोस्रो

खेलमा भने द ओसन क्लवले आर्दश युवा परिवार क्लव पालुङटारलाई ३–० गोलले परिजत गरेको एन्फा गोरखाले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ । चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्