
नेकपा (माओवादी केन्द्र) धार्चेको अध्यक्षमा गुरुङ
नेकपा माओवादी केन्द्र धार्चे गाउँपालिकाको गाउँ कमिटीको अध्यक्षमा पुन : लक्ष्मण गुरुङ चयन भएका छन् ।
शनिबार धार्चे गाउँपालिका केन्द्र माछाखोला सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मिन बहाखदुर सुनार, धन कुमार, गुरुङ इन्द्र प्रसाद गुरुङ, सचिवमा सुर्य बहादुर गुरुङ, सहसचिव शरद गुरुङ र कोषाध्यक्ष प्रमिला घले चयन भएको गाउँ कमिटीले जनाएको छ ।
लक्ष्मण अध्यक्ष गुरुङको अध्यक्षता तथा पार्टीको गण्डकी प्रदेश समितिको सदस्य छम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी धार्चे काठमाडौ सम्पर्क मंचका अध्यक्ष इमानसिं गुरुङ, जनता समाज पार्टी धार्चे गाउँपालिका अध्यक्ष विश्व गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




