
गोरखा अदालतले फरार रहेकाबाट १४ करोड ८५ लाख असुल्न बाँकी
गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख रुपैयाँ असुलउपर गर्न बाँकी छ । जिल्ला अन्यायधीश दिनबन्धु बरालका अनुसार १७ करोड सात लाख रुपैयाँ रहेको जरिवाना रकम आर्थिक वर्ष २०७७/०७८ मा दुई करोड २० लाख रुपैयाँ मात्र फस्र्यौट भएको हो ।
बैङ्किङ कसुर(ठगी) शीर्षकको एउटै मुद्धाको १० करोड भन्दाबढि रकम असुल उपर गर्न बाँकी रहेको र बाँकी रकम अन्य मुद्धाहरुको रहेको अदालतले जनाएको छ । कैद सजायँ पनि पाँच सय १२ वर्ष चार महिना एक दिन भुक्तान हुन बाँकी छ । मुद्धा फैसला भएपछि अभियुक्तहरु फरार हुने, सम्पर्कमा नआउने हुँदा फैसला कार्यन्वयन कमजोर हुने गरेको छ ।
‘हामीले प्रहरीलाई पटक–पटक अभियुक्तहरुको खोजीका लागि भनिरहेका हुन्छौँ’ जिल्ला न्यायाधीश बरालले भने । आर्थिक वर्ष २०७७/०७८ मा दुई सय १९ वर्ष १० महिना १८ दिन जेल सजायँ भुक्तान भएको छ ।




