| बिहिबार, साउन २२, २०७७

खाद्यान्न बोकेर मकैसिङ जाँदै गरेको ट्रक दुर्घटना, चालक गम्भिर घाईते

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भिर घाईते भएका छन् । गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीय मदन पन्तले बताए ।

घाईते बिकको पेटमा गहिरो चोट लागेको छ उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याउने तयारी भईरहेको छ । ट्रकमा सवार अन्य दुई जना भने शकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्