| सोमवार, कार्तिक २३, २०८३

आबुखैरेनीमा आदिवासी जनजाति महोत्सव हुने

तनहुँको आँबुखैरेनीमा आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद आँबुखैरेनीले यही माघ १७ गते देखि माघ २७ गतेसम्म आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव २०७५ गर्न लागेकोे हो ।
‘अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान’ भन्ने मूल नाराका साथ आँबुखैरेनी–३, मिलनचोक सैबोटेमा महोत्सव गर्न लागिएको नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद आँबुखैरेनीका अध्यक्ष तथा महोत्सव मूल समारोह समितीका संयोजक रेशम भूजेलले जानकारी दिए । आँबुखैरेनी गाउँपालिकाको ६ वटै वडामा कूल जनसंख्याको ७० प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास रहेको उनको भनाई छ । सो क्षेत्रका समुदायहरुको भाषा, संस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक रेशम भूजेलले बताए ।
महोत्सवमा २० वटा कृषि तथा घरेलु उत्पादनको स्टल र १ सय ८० वटा व्यापारीक स्टल गरी दुई सय वटा स्टल रहने उनको भनाई छ । महोत्सवमा स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्