| आइतवार, कार्तिक २२, २०८३

गोरखा महोत्सवमा चार सम्मानित हुने

गोरखा सदरमुकाममा आउँदो विहिबारदेखि हुने दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेश स्तरीय कृषि पर्यटन तथा ब्यापार मेलाको ९० प्रतिशत तयारी पूरा भएको छ । ‘इतिहासलाई चिनाउन वर्तमानलाई देखाउन, गोर्खालीको साझा उत्सव गोरखा महोत्सव’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको तयारी ९० प्रतिशत तयारी पुरा भएको मुख्य आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले महोत्सव स्थल हरमटारीको खेलकुद मैदानमा स्टल निर्माण तथा बाल उद्यानका सामाग्री जडानको क्रम चलिरहेको जानकारी दिए । महोत्सवको नेपालका प्रथम राष्टूपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने संघले जानकारी दिएको छ । उद्घाटन समारोहमा नै विभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान पनि गरिने भएको छ । एकैबर्षमा आठहजार मिटर भन्दा अग्ला सगरमाथा र मनास्लु हिमाल आरोहण गर्न सफल आरुघाटकी पुर्णिमा श्रेष्ठलाई साहसी पर्यटनका तर्फबाट र गोरखाको इतिहास तथा सस्ंकृतिका क्षेत्रमा विशेष योगदान पु¥याएका सस्ंकृतिविद दिनेशराज पन्तलाई सम्मान गरिने भएको हो । यस्तै, संस्थागत रुपमा मनास्लु संरक्षण क्षेत्र एमक्याप र गोरखा आयुर्वेद कम्पनीलाई पनि सम्मान गर्ने निर्णय भएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
दश दिनसम्म चल्ने महोत्सवमा एकसय भन्दा बढि स्टल रहने छन् । स्टलमा स्थानीय गाउँबस्तीको पहिचान झल्कने सामग्री, हस्तकलाका सामाग्री, कृषि तथा पर्यटनसँग सम्बन्धित सामग्री सहित दैनिक उपभोग्य सामग्रीका स्टल रहनेछन् । महोत्सवमा फोटो प्रदर्शनी, खाना महोत्सव, इलेक्टूोनिक्स सामानका स्टल पनि रहनेछन् । महोत्सब अबधिभर राष्टिूय तथा स्थानिय कलाकारको प्रस्तुती रहने छ । म्यान अफ द गोरखा दौड प्रतियोगिता, गोरखा तारा गायन प्रतियोगिता, गाउँपालिका तथा नगरपालिकास्तरीय खेलकुद तथा साँस्कृतिक प्रतियोगिता लगायतका कार्यक्रम पनि महोत्सवमा हुने संघका अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा होमस्टे प्रबद्र्धन, पोल्टूी ब्यबसाय प्रबद्र्धन लगायतका विषयमा पनि अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्