| सोमवार, कार्तिक २३, २०८३

गोरखा संग्रहालय परिसरमा फ्रि वाइफाई

गोरखा संग्रहालय परिसरमा निशुल्क वाईफाई सेवा सुरु भएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित गोरखा नगरपालिकाले सोमबारबाट संग्रहालय परिसरमा निशुल्क वाइफाई सुरु गरेकोे हो । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले वाईफाईको उद्घाटन गरे । इन्टरनेट प्रदायक संस्था सुविसुसँगको सहकार्यमा नगरपालिकाले विभिन्न सात ठाउँमा निशुल्क वाईफाईको ब्यबस्था गर्ने भएको छ । आउने पुससम्ममा भीमसेन पार्क, पश्चिमकाली मन्दिर, गोरखा दरबार, चिल्डेन पार्क, पुरानो बसपार्क र लोकतान्त्रिक चोकमा निशुल्क वाईफाई जडान गरिने नगरपालिकाका आईटी इन्जिनियर सुयोग खनालले जानकारी दिए । कुल सात लाख रुपैयाँको बजेटमा सातठाउँमा ५० एमबिपिएस क्षमताको इन्टरनेट उपलब्ध गराइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्