| सोमवार, बैशाख ६, २०८३

सिक्किमका मुख्यमन्त्रीद्वारा मनकामनामा पूजाआजा

सिक्किमका मुख्यमन्त्री पिएस गोले (प्रेमसिँह तामाङ)ले गोरखाको मनकामना दर्शन गर्नुभएको छ । बिहिबार बिहान नौ बजे काठमाडौंबाट मनकामना आइपुग्नु भएको उहाँले करिब एकघण्टा दर्शन तथा पूजाआजा गर्नुभएको हो ।


मुख्यमन्त्री गोलेलाई मनकामना क्षेत्र विकास समितिले स्वागत गरेको थियो । मुख्यमन्त्रीको टोलीमा १५ जना सहभागी हुनुहुन्थ्यो ।
मनकामना दर्शन, पूजाआजापछि मुख्यमन्त्री गोलेले मुख्य पुजारी इन्सान थापा, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष काजीबाबु श्रेष्ठ, कार्यकारी निर्देशक अञ्जन बस्न्यातलगायतसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटमा उहाँले मनकामना मन्दिर तथा यस क्षेत्रको विकासमा योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको कार्यकारी निर्देशक बस्न्यातले जानकारी दिनुभयो ।


मुख्यमन्त्री गोले केही बेर स्थानीय मनकामना हिल क्रेस्टमा आराम गरी काठमाडौं फर्कनुभएको छ । उहाँ बिहिबार अपरान्ह चार बजे सिक्किम फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्