| बुधबार, असार ९, २०८३

धार्चेको तातोपानीबाट ३५ पर्यटकको उद्धार

नेपाली सेना र सशस्त्र प्रहरीले गोरखाको तातोपानीबाट ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरेको छ । धार्चे गाउँपालिका–३ तातोपानीमा अलपत्र परेका २० विदेशी र १५ स्वदेशी पर्यटक सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरु सामागाउँबाट फर्केर माछीखोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका डीएसपी थापाले जानकारी दिए ।
पर्यटकहरू अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाइएको उनको भनाइ छ । उद्धार गरिएका पर्यटकहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्