
मनास्लु हिमालमा आरोहीको भीड
सिजन सुरु भएसंगै मनास्लु हिमालमा आरोहीको भीड लागेको छ । अहिले दुईसय भन्दा धेरै आरोही आरोहणको क्रममा बाटोमा रहेको आरोही नाङ्सल छोदेन लामाले जानकारी दिइन् ।
‘हिमाल चढ्ने बाटोमा दुईसय भन्दा धेरै आरोहीको ट्राफिक जाम छ’, उनले भनिन्, ‘सोमबार र मंगलबार केहीले आरोहण गरे । अझै ठूलो भीड छ ।’ ८,१६३ मिटर अग्लो मनास्लु हिमाल चुमनुब्री गाउँपालिका वडा नं. १ मा पर्दछ ।
यो सिजनमा नेपालमै सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गर्दछन् । सोमबार सेभेन सम्मिट कम्पनीबाट गएका ३४ जनाले सफल आरोहण गरेका छन् । त्यस्तै पायोनियर, इलाइट लगायतका कम्पनीबाट गएका आरोहीहरुले सफल आरोहण गरेका छन् ।




