| सोमवार, साउन २४, २०८३

आदिबासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा

गोरखामा आदिबासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी तथा सेवा कक्ष सञ्चालनमा आएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको सहयोगमा जिल्ला सदरमुकामस्थित गोरखा दरवार संग्रहालय परिसरमा सेवा कक्ष सञ्चालन गरिएको हो ।

उक्त भेषभूषा सेवा कक्षको एक समारोहका बीच गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन् । सो सेवा कक्षाले आदिवासी जनजाति समुदायको लोप हुन लागेको भेषभूषा तथा संस्कार संस्कृतिको प्रवर्धनमा टेवा पु¥याउने नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु राना मगरले बताए ।साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको स्रोत बन्ने उनले बताए । सेवा कक्षमा प्रदर्शनीमा राखिएका परम्परगत भेषभूषा गरगहना लगाएर फोटो खिच्न/खिचाउन सकिने प्रावधान रहेको अध्यक्ष रानाले जानकारी दिए ।

अध्यक्ष रानाको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसलीमाया थोकर, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका उपाध्यक्ष प्रेमध्वज थापा, तमु ह्युल छोंज धी गोरखाका अध्यक्ष रामबहादुर गुरुङ, पत्रकार हरिराम उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्