
नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा लाप्राकका तुलसिं गुरुङ
नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा धार्चे गाउँपालिका–४ लाप्राकका तुलसिं गुरुङ चयन भएका छन् । एशोसिएसनको १९ औं साधारणसभाले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव पिम्बारिन्जी लामा, सचिव हरेराम खड्का र कोषाध्यक्षमा अविरल राई चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा विनायक जय मल्ल, पासाङ किदार शेर्पा, टेण्डी शेर्पा र पेम्बा रिता शेर्पालाई चयन भएको नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनले जनाएको छ ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल दुइ वर्षको रहने एशोसिएसनको भनाई छ ।
सन् २००५ मा गोरखा लाप्राककै इमानसिंङ गुरुङ अध्यक्ष र लाप्राककै सुनारबहादुर गुरुङ उपाध्यक्ष रही सो एशोसिएसनको स्थापना भएको थियो ।




