| बुधबार, असार ९, २०८३

धार्चेकी नानुमायाद्वारा केटुको सफल आरोहण

सगरमाथा, ल्होत्से तथा मनास्लुको सफल आरोहण गरेकी धार्चे गाउँपालिका–५ गुम्दाकी नानुमाया गुरुङले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गरेकी छिन् । गुरुङले यही जुलाई २८ गते बिहान १० बजे पाकिस्तान स्थित केटु हिमालको सफल आरोहण गरेकी हुन् ।

उनले यसअघि सगरमाथा, मनास्लु र ल्होत्से हिमालको पनि सफल आरोहण गरिसकेकी छिन् । क्वोने (घोताने र घोन्डे) गुरुङ्ग (तमु) समाज यूकेको झण्डा सहित उनी केटुको शिखरमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्