
आजदेखि गोरखामा २१ औँ सवालाख रोट महोत्सव सुरु (फोटो फिचर)
गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव बिहीबारदेखि सुरु भएको हो ।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट महोत्सव २१ औँ श्रृङ्खला हो । रोट महोत्सवको पहिलो दिन बिहीबार बिहान ९ बजे गोरखा बजारको बैंक रोडबाट निष्किएको ¥याली पुरानो बसपार्क, बिपीचोक, पदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारा, गणेश थान हुँदै गोरखनाथ गुफासम्म रथयात्रा गरिएको थियो । १०८ कन्याहरुको कलशयात्रासहितको सो यात्रामा गोरखनाथको रथ बोकेर मन्दिरसम्म पु¥याइएको थियो । रथ यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहेको थियो ।
महोत्सव जेठ २१ गतेसम्म चल्ने छ । सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ । साथै देवी देवताको पूजा, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए ।
गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ । गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ ।
सोहि अनुसार राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनमा उनको मनपर्ने रोटलाई हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट चढाउँदै आएको छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन् ।
यो वर्ष ७० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र २१ लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकको छ । रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको छ । रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने केन्द्रको भनाइ छ ।
विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवालाख रोट महोत्सव गर्दै आएको छ । महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।
हेर्नुहोस् तस्बिरहरुः










