| सोमवार, कार्तिक २३, २०८३

१४ घण्टामा सगरमाथा आरोहण गरेर फुञ्जोले राखिन् नयाँ रेकर्ड

यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन् । ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा ३१ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण गर्ने महिला बन्न सफल बनेकी हुन् ।


बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन् । बेसक्याम्पबाट बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुगेर अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले उनी अहिले बेसक्याम्पतर्फ आउँदै गरेको उनको आरोहणको व्यवस्थापन गरेको ट्यागनेपाल कम्पनीले जनाएको छ ।


यसअघि सन् २०२१ म हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन् । त्यसअघि सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड बनाएकी थिइन् ।


यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषका रुपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए ।

तस्वीर सौजन्य : हरिजंग थापा, सगरमाथा बेसक्याम्प

प्रतिक्रिया दिनुहोस्