| सोमवार, कार्तिक २३, २०८३

गणेशहिमाल बेसक्याम्प पदमार्गको सम्भाव्यता अध्ययन

चुमनुब्री गाउँपालिकाले गणेशहिमाल बेसक्याम्प पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।चुमनुब्री गाउँपालिकाको वडा नं. ३ ले परामर्शदाता साथमा लिएर पदमार्गको अध्ययन गरेको हो ।

अध्ययनका लागि इन्फ्रा डेभलपमेण्ट कन्सल्याण्ट प्रालिको साथ लिएर गाउँपालिकाले पदमार्गको अध्ययन गरेको हो ।
अध्ययन टोलीमा वडा नं. ३ का वडाअध्यक्ष रामकुमार गुरुङ, धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङलगायतका टोली सहभागी थिए ।

टोलीले सल्लेरी, पातीबाट देवल, दोङकरचेत, लङतलखर्क, भीमथाङखोला हुँदै पाँच हजार मिटर उच्च स्थानमा रहेको गणेशहिमालको बेसक्यामसम्मको पदमार्ग अध्ययन गरी डिपिआरसमेत बनाउने धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्