
गोरखा र लमजुङका पालिकाबीच पर्यटन विकास गर्ने सम्झौता
गोरखा र लमजुङका पालिका बीच बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकास तथा प्रवर्धनगर्ने सम्झेदारी भएको छ । बुधबार दोर्दी गाउँपालिकामा भएको कार्यक्रममा चार वटा पालिकाका अध्यक्षहरु र टान नेपाल बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
तल्लो मनास्लु क्षेत्र गोरखाको अजिरकोट गाउपालिका, लमजुङको दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाका प्रमुखहरुले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नागेपोखरी, दुधपोखरी, लिपे लेक डाँडा, मेमे पोखरी, बराह पोखरी, थुलागी ताल लगायतका महत्वपूर्ण प्राकृतिक भू–परिधि, बस्तीहरु, एतिहासिक कोटहरु, जैविक विविधताले भरिपूर्ण जंगल क्षेत्रहरु, रमणीय खर्कहरु तथा धार्मिक तथा प्राकृतिक रुपले अत्यन्तै महत्वपूर्ण कुण्ड (ताल) हरु समेटी बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल को अध्ययन तथा अन्भेषण गरी पदयात्रा मार्गको प्याकेज डिजाइन र डिपिआर तयार गर्ने साझेदारी पत्रमा उल्लेख गरिएको छ ।
सो पदयात्रा मार्गको विकास र प्रवर्धन गर्नका लागि ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) ले चार वटै पालिकासँगको सहकार्यमापदयात्रा मार्ग नक्शा तथा प्रवर्धनात्मक डकुमेन्ट्रीतयार गरि लञ्चिङ गर्ने जनाएको छ । यसका लागि प्रत्येक गाउँपालिकाको तर्फबाट आठ लाख विनियोजन गर्ने साझेदारी पत्रमा उल्लेख गरिएको छ ।




