| बिहिबार, असार १०, २०८३

चुमनुब्रीको पुंगजी गुम्बा पुननिर्माण गर्न सांसद न्यौपानेद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपानेले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको गुम्बामा भएको आगलागीबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।


माघ १० गते चुमनुब्री २ को हिनाङमा रहेको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दा बढि कोक्षती भएको थियो । उनले उक्त गुम्बा पुन निर्माणमा प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरेका हुन् ।


धार्मीक र पर्यटकीय हिसाबलेपनि महत्वपूर्ण जिल्ला गोरखा रहेको र आफुले प्रतिनिधित्व गर्ने गोरखाको क्षेत्र नम्बर १ को प्रदेश ख मा धेरै गूम्बाहरु रहेको बताउँदै उनले त्यहाँ बौद्ध धर्मालम्बिहरुको बक्लो बसोबास रहेको बताए ।

‘गुम्बामा आगलागी हुँदा मुर्ती, धार्मीक ग्रन्थहरु सबै जलेर ध्वस्त भएका छन्’ उनले भने ‘त्यहाँका नागरिक बिछिप्त भएका छन्, त्यसतर्फ प्रदेश सरकारको ध्यान जाओस् ।’ शिक्षा स्वास्थ्यको हिसाबलेपनि भौगोलिक रुपमा बिकट धार्चे चुमनुब्री अत्यन्तै पछाडी रहेको स्मरण गराउँदै उनले अहिले सम्म सडक नपुग्दा जनताले सास्ती भोग्नुपरेको बताए ।


गुम्बा आगलागी भएको थाहा पाएपछि उनी माघ ११ गते प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित लिएर गुम्बा अवलोकनमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्